शिक्षामा इलामकाे राेङ गाउँपालिका काेशीकै उत्कृष्ट गाउँपालिका

  • गाेविन्द पाैडेल

इलाम,  शिक्षा क्षेत्रमा देखिएकाे नेतृत्वकाे प्रतिबद्धता  ,र नविनतम् पहलकाे लागि देशकै उत्कृष्ट  ठहर भएकाे छ ।

शिक्षा सुधारका अनेकन नवीन प्रयासकाे र शैक्षिक  मापदण्डअनुसार मुल्यांकन   प्रिन्सिपल एसाेसिएसन नेपालद्वारा  गरिएकाेमा देशभरिका सातसय त्रिपन्न स्थानिय तहहरुमध्ये विधिन्न पच्चिस  पालिका सगै काेशि प्रदेशवाट राेङ गाउपालिका "PAN उत्कृष्ट  पुरस्कार -२०८२" काे लागिछनाैट भएकाे हाे ।

आगामी जेठ २३ गते सभागृह पाेखरामा देशभरका शिक्षाविद् ,नीति निर्माता,प्रधानाध्यापक,शिक्षक विध्यार्थी सहितकाे  वृहद भेलामा राेङ गाउपालिकालाई पुरस्कार सहित सम्मान गरिने पान एसाेसिएसन नेपाल केन्द्रीय समिति अध्यक्ष सुदाम प्रसाद गाैतमद्वरा प्रेसित सुचनामा उल्लेख गरिएकाे छ ।

शैक्षिक  सुधारकाेलागि राेङ गाउपालिकाले मासिकरुपमा अभिभावक शिक्षा,प्रबिधि मैत्रि सिकाईकाेलागि शिक्षक र कर्मचारिहरुलाई अनिवार्य आधारभुत कम्प्युटर   तालिम,कम्प्युटर  खरिदमा शून्य ब्यादरमा लगानि , अध्यक्षसग बिध्यार्थी कार्यक्रम अनुसार हरेकदिन हाजिरभएकाे दिनकाे रु १ प्राेत्साहन सहित बाल वचत,अनाथ बिध्यार्थी  सहुलियत ,बाल प्रतिभा खाेजि जस्ता अतिरिक्त कार्यक्रम  सचालनमा ल्याएकाे छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment