झापामा तामाको तार चोरी गर्ने दुई भारतीय नागरिक पक्राउ


झापा । तामाको तार चोरी गर्ने दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारत पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला पानीटंयाकी बस्ने २७ वर्षीय तापस बर्मण  र सोही ठाउँका २२ वर्षीय अमित सरकार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मेचीनगर नगरपालिका ७ र ५ नम्बर पोस्टस्थित चिया बगानमा प्रहरी चौकी सतिघट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरूलाई बिहीबार राती पौने ९ बजे पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट अन्दाजी एक सय केजी चार मुठा तामाको तारा बरामद गरेको थियो । तारको बजार मुल्य अन्दाजी ८० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय काँकडभिट्टाले उनीहरूसँग प्रारम्भिक सोधपुछ गर्दा उक्त तार मेचीनगर नगरपालिका १३ स्थित चारआली आसपासको क्षेत्रबाट चोरी गरेको भनी बयान दिएको छ । नेपाल टेलिकम धुलाबारी शाखाले पनि बिजुलीको पोलमा जडान गरिएको कपर नेटवर्कको तार चोरी भएको भनी प्रहरीमा निवेदन दिएको थियो । उनीहरूमाथि पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टाले अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment