जेष्ठ ५, २०८२
काँकरभिट्टा । झापाको पूर्वी नाका काँकरभिट्टाबाट भन्सार नतिरी भित्रिएको तीन वटा भारतीय कन्टेनरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भारतबाट काँकडभिट्टाहुँदै नेपाल आएको एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एल ७४८६ नम्बरका तीनवटा भारतीय कन्टेनरहरूलाई प्रहरीले आइतबार साँझ ७ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत बिर्तामोड नगरपालिका ५ बाट नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षकसहितको टोलीले गोप्य सूचनाको आधारमा लिएको कन्टेनरहरूमा ३ करोड ६१ लाख बराबरको धान काट्ने मेशिनका सामान रहेको जनाइएको छ ।
कन्टेनरहरूलाई चेकजाँच गर्दा भन्सार छली गरी ल्याउँदै गरेको अवैध सामानहरू कन्टेनरमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अन्दाजी ३ करोड ६१ लाख बराबरको सामान कन्टेनरमा फेला परेकोले उक्त सामान तथा कन्टेनरहरूलाई बरामद गरी आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक प्रवीण श्रेष्ठले जानकारी दिए ।
तर, मेची भन्सार कार्यालयले ती सामान अवैध नभएको दाबी गरेको छ । भन्सार तिरेर नियमसंगत ढङ्गले ती कन्टेनर भित्रिएको मेची भन्सार कार्यालयका भन्सार अधिकृत रामचन्द्र ढुङ्गानाले बताए । उनले ती कन्टेनर भारतबाट नभई चीनबाट कृषि औजार लिएर आएको बताए ।

0 comments:
Post a Comment