२०८२ जेष्ठ ५ गते , सोमबार
मोरङको रतुवामाई नगरपालिका– ६ त्रिवेणी चोकमा छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा बाबुको मृत्यु भएको छ । हिजो साँझ ६.४० बजे आमवारी–उर्लाबारी सडक खण्डमा आमवारिबाट उर्लाबारीतर्फ जाँदै गरेको प्र १–०२–०४५ प ९०६० नम्बरको मोटरसाइकल कुकुरलाई जोगाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार ४५ वर्षीय भवानी मेहता गम्भीर घाइते भएका थिए । टाउको र शरीरको विभिन्न भागमा चोट लागेर उपचारको लागि रङेली अस्पताल पठाइएकोमा उपचारको क्रममा साँझ ७;१० बजे अस्पतालले मृत घोषणा गरेको थियो । मृतकको शव सोही अस्पतालमा रहेको छ । मोटरसाइकल चालक मृतकका छोरा २३ वर्षीय रमेश मेहतालाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ ।

0 comments:
Post a Comment