झापाका १५ पालिकामध्ये सबैभन्दा बढी बेरुजु नगरपालिकामा मेचीनगर र गाउँपालिकामा कचनकवल रहेको पाइएको छ । महालेखा परीक्षकको ६२ औँ वार्षिक प्रतिवेदन २०८२ अनुसार मेचीनगर र कचनकवल सबैभन्दा बढी बेरुजु रहेको पाइएको हो ।
बुधवार महालेखा परीक्षकको कार्यालयले ६२औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेको छ । महालेखा परीक्षक तोयम रायाले प्रतिवेदन बुझाएका हुन् । महालेखा परीक्षकको प्रतिवेदन अनुसार मेचीनगर नगरपालिकामा सबैभन्दा बढी ६.११ प्रतिशत बेरुजु रहेको पाइएको हो । मेचीनगरमा २२ करोड ५६ लाख १२ हजार रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ । मेचीनगरपछि सबैभन्दा बढी बेरुजु हुने दोस्रोमा कचनकवल गाउँपालिका रहेको छ । कचनकवलमा ४.५१ प्रतिशत अर्थात् ६ करोड ४३ लाख १ हजार रुपैयाँ बेरुजु रहेको छ ।
त्यस्तै तेस्रो स्थानमा रहेको बुद्धशान्ति गाउँपालिकामा ४.१० प्रतिशत अर्थात् ६ करोड ४४ लाख ७२ हजार रुपैयाँ बेरुजु देखिएको छ । सबैभन्दा कम बेरुजु बाह्रदशी गाउँपालिकामा रहेको छ । बाह्रदशीमा ०.७२ प्रतिशत अर्थात् ७५ लाख ६ हजार रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।
बिर्तामोड नगरपालिकाको ३.२४ प्रतिशत अर्थात् १० करोड ५५ लाख २८ हजार , भद्रपुर नगरपालिकाको २.९८ प्रतिशत अर्थात् ६ करोड ३० लाख ५६ हजार , शिवसताक्षी नगरपालिकाको १.७६ प्रतिशत अर्थात् ३ करोड ९७ लाख ९७ हजार , अर्जुनधारा नगरपालिकाको ३.४४ प्रतिशत अर्थात् ६ करोड ३७ लाख १९ हजार , कनकाई नगरपालिकाको २.७९ प्रतिशत अर्थात् ४ करोड ४१ लाख ४२ हजार , गौरादह नगरपालिकाको १.९२ प्रतिशत अर्थात् ३ करोड ९७ लाख ३८ हजार , दमक नगरपालिकाको १.२७ प्रतिशत अर्थात् ४ करोड १ लाख ८ हजार , गौरीगञ्ज गाउँपालिकाको १.५२ प्रतिशत अर्थात् १ करोड ९६ लाख ३७ हजार , कमल गाउँपालिकाको १.९३ प्रतिशत अर्थात् ३ करोड ७७ लाख ३८ हजार , झापा गाउँपालिकाको १.०२ प्रतिशत अर्थात् १ करोड १५ लाख ३१ हजार र हल्दिवारी गाउँपालिकाको ३.२१ प्रतिशत अर्थात् ४ करोड ३७ लाख ३४ हजार रुपैयाँ बेरुजु रहेको छ । अघिल्लो वर्ष सबैभन्दा बढी बिर्तामोड नगरपालिकाको र सबैभन्दा कम झापा गाउँपालिकाको बेरुजु रहेको थियो ।
0 comments:
Post a Comment