झापामा श्रीमनद्वारा श्रीमतीको हत्या


वैशाख २७ गते शनिबार बेलुकी कन्काई नगरपालिका वडा नं। २ सुकेडागी बस्ने ३५ वर्षका कविराज हेमरनले आफ्नो श्रीमती ३४ वर्षकी पुजा हेमरन लाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
घरैमा झै(झगडा गरी श्रीमती लाई धारीलो हतियार खुकरीले घाटिमा प्रहार गरि मारेको अवस्थामा पूजाको सब फेला परेको थियो।


श्रीमतीको हत्यापछि फरार रहेका कविराजलाई प्रहरीले खोजतलासको क्रममा सुरुङ्गा बजारको सडकबाट नियन्त्रणमा लिएको बताइएको छ।
खुकुरी प्रहारबाट मृत पूजाको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको प्रहरीले बताएको छ।
घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment