भारत-पाकिस्तान युद्धविराम लागू

एजेन्सी

२०८२ बैशाख २७ गते , शनिबार


संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन्। अमेरिकाको प्रयासमा दिउँसो मध्याह्नदेखि नै भारत र पाकिस्तानका अधिकारीहरूबीच वार्ता भएको थियो। दुवै देशका अधिकारीहरूबीच सहमति भएपछि आज साँझ ५ बजेबाट युद्धविरामको घोषणा भएको हो।


भारत र पाकिस्तानबीचको सीमामा निरन्तर ड्रोन आक्रमण, गोलाबारी र तनावपूर्ण अवस्था सिर्जना भएको बेला यो कदम चालिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। जसले क्षेत्रीय र विश्वव्यापी स्तरमा चिन्ता बढाएको थियो।  

अमेरिकी पक्षले यसलाई दुई देशको सामान्य ज्ञान र महान् बुद्धिमत्ताको परिणामको रूपमा वर्णन गरेको छ। अमेरिकाले युद्धविराम गर्ने निर्णयको लागि दुवै देशलाई बधाई दिएको छ। अब सीमामा शान्ति पुनर्स्थापित हुने र दुई देशबीचको तनाव कम गर्न थप सकारात्मक कदम चालिने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment