काँकरभिट्टामा हतियारसहित एक भारतीय नागरिक पक्राउ


झापा, असार ६ । झापाको काँकरभिट्टा बसपार्क क्षेत्रबाट एक भारतीय नागरिक हतियारसहित पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले भारत, पश्चिम बंगाल दुर्गानगर सिलिगुडीका ३५ वर्षीय जय प्रकाश कुमार पाठकलाई नियन्त्रणमा लिएको हो।
पाठक सवार WB 70 G 3232 नम्बरको TUV300 गाडी जाँच गर्ने क्रममा प्रहरीले गम्भीर किसिमका हतियार फेला पारेको जनाएको छ। प्रहरीका अनुसार, उक्त गाडीको चालक सिटमुनी लुकाइराखिएको एक थान कालो रंगको STAR RX एयर पेस्तोल, त्यसमा जडित म्याग्जिनसहित ५ थान एयर बुलेट, साथै चालक सिटको दुबै छेउमा २ थान खुकुरी बरामद गरिएको हो।


यसैगरी, पाठकको साथबाट Redmi र Samsung ब्रान्डका दुई थान मोबाइल फोन, विभिन्न परिचय खुल्ने कागजातहरू तथा गाडीको आरसी बुक पनि फेला परेको प्रहरीले जनाएको छ।
हाल पक्राउ परेका पाठकलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment