झापा, असार ७ – झापाको कमल गाउँपालिका–५ स्थित रतुवा पुल नजिकै पूर्व–पश्चिम राजमार्गमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा कमल गाउँपालिका–५ का ३० वर्षीय सुशिल राई रहेका छन्। उनको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
ट्रकले पछाडिबाट ठक्कर दिँदा राईको मोटरसाइकल अनियन्त्रित भई ट्रकमा अड्किएको थियो। दुर्घटनापछि ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0 comments:
Post a Comment