इलाम, २६ असार । ग्लोबल आईएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत इलामको रोङ गाउँपालिका–६ स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई निःशुल्क ट्र्याकसुट वितरण गरेको छ।
बैंकले विद्यालयमा अध्ययनरत आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका ४५ जना विद्यार्थीलाई एक कार्यक्रमका बीच ट्र्याकसुट हस्तान्तरण गरेको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देविलाल राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ग्लोबल आईएमई बैंक फिक्कल शाखाका शाखा प्रबन्धक सुरज बिसी र शाखाका इन्चार्ज प्रकाश प्रधानले विद्यार्थीलाई ट्र्याकसुट हस्तान्तरण गरेका थिए।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोविन्द पौडेलले स्वागत मन्तव्य व्यक्त गर्दै ग्रामीण क्षेत्रका विद्यार्थीको शैक्षिक आवश्यकता सम्बोधन गर्ने उद्देश्यले बैंकले गरेको सहयोगको प्रशंसा गरे। उनले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमले विद्यार्थीमा थप उत्साह र आत्मविश्वास बढाउने विश्वास व्यक्त गरे।
ग्लोबल आईएमई बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामाजिक विकासका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। यस किसिमको सहयोगले ग्रामीण विद्यालयका विद्यार्थीलाई प्रत्यक्ष राहत पुग्नुका साथै अध्ययनप्रति थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

0 comments:
Post a Comment