दमकमा छुरा प्रहारबाट सफ्टवेयर इन्जिनियरको हत्या

२०८३ असार २६ गते , शुक्रबार


झापाको दमकमा धारिलो हतियार छुरा प्रहारबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको उत्तर प्रदेश राज्य लखनउ निवासी अन्दाजी ३५ वर्षीय साहिल कान्त रहेको प्रहरीले जनाएको छ ।
मृतक कान्त दमकस्थित एनएमसी डेरीमा सफ्टवेयर इन्जिनियरका रूपमा कार्यरत थिए । प्रहरी स्रोतका अनुसार दमक नगरपालिका-२ हिमाली माध्यमिक विद्यालय छेउमा डेरा गरी बस्ने साहिल कान्त र लखनउकै मोहम्मद सोनु भन्ने सहवाज हुसेनबिच विवाद भएको थियो । विवादको क्रममा हुसेनले कान्तको घाँटीमा छुरा प्रहार गरेका थिए । घाइते कान्तलाई उपचारको लागि दमक अस्पताल पठाएको थियो । उ
नको उपचारको क्रममा बिहान साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । चक्कु प्रहार गर्ने हुसेनको खोजतलास भइरहेको छ । हुसेन पनि डेरीमा सफ्टवेयर इन्जिनियरका रूपमा कार्यरत थिए । बिहान ५ बजेतिर ठूलो कोठाबाट आवाज आएपछि हेर्न जाँदा घरधनीले कान्तलाई रगताम्य अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली घटनास्थल आएर कान्तलाई उपचारको लागि पठाएको थियो । उनीहरू मादक पदार्थ सेवन गरी विवाद गरेको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment