इलाम, असार ६ –
ट्राफिक सप्ताह २०८२ को अवसरमा इलाममा प्रभात फेरी सहित जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।
जिल्ला प्रहरी कार्यालय इलामको आयोजनामा इलाम नगरपालिका–७ स्थित टुडिखेलबाट सिटीहलसम्म र्याली सहित कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक एक नारायण कोईरालाको अध्यक्षता रहेको थियो भने इलाम नगरपालिकाका नगर प्रमुख केदार थापा प्रमुख अतिथिको रुपमा उपस्थित थिए।
साथै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न सरकारी कार्यालय प्रमुखहरू, जनप्रतिनिधिहरू, जिल्ला तथा नगर प्याब्सन, यातायात व्यवसायी, पत्रकार, विभिन्न विद्यालयका शिक्षक, शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रभातफेरीको क्रममा ट्राफिक सचेतनामूलक नारासहितको प्लेकार्ड प्रदर्शन गरिएको थियो। सहभागीहरूले ट्राफिक नियमको पालना र सचेत नागरिकको भूमिकाबारे जनसमुदायमा सन्देश प्रवाह गरेका थिए।

0 comments:
Post a Comment