विद्यालयबाट घर फर्कने क्रममा खोलाले बगाउँदा दुई विद्यार्थीको मृत्यु

२०८३ जेष्ठ २० गते , बुधबार


रोल्पामा खहरे खोलाले बगाउँदा दुई जना  विद्यार्थीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार गंगादेव गाउँपालिका–६ रातामाटाका ७ वर्षीय गोपाल खड्का र सोही स्थानका ६ वर्षीय समीर केसीको ज्यान गएको हो। बुधवार साँझ करिब ५ः३० बजे विद्यालयबाट घर फर्कने क्रममा स्थानीय रातामाटा गाउँस्थित खहरे खोलाले उनीहरूलाई बगाएको प्रहरीले जनाएको छ।
घटना लगत्तै स्थानीयवासी र प्रहरीको सहयोगमा खोजी कार्य सञ्चालन गरिएको थियो। घटनास्थलमा प्रहरी टोली पुगिसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। वर्षायाम सुरु भएसँगै पहाडी जिल्लाहरूमा खोलानाला तथा खहरेमा पानीको बहाव बढ्न थालेकाले स्थानीय प्रशासनले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment