जेष्ठ २०, २०८२
घटना मंगलबार बिहानको राति भएको हो। जंगलभित्रको मक्किएको काठको पोलमा करेन्ट प्रवाह भइरहेका बेला हात्तीले सो पोलमा धक्का दिँदा पोल ढल्किएको थियो। ढल्किएको काठको पोल नजिकै गाडिएको अर्को फलामे पोलमा ठोक्किँदा हाईटेन्सन लाइनबाट करेन्ट सरेर हात्तीको घटनास्थलमै मृत्यु भएको हो। मृत हात्तीको सुड र एक दाँत जलेको अवस्थामा फेला परेको थियो।
‘प्राधिकरणको गम्भीर लापरवाही’ — वडाध्यक्ष फेउदिन
शिवसताक्षी नगरपालिका–८ का वडाध्यक्ष सन्तकुमार फेउदिनका अनुसार सडक विस्तारको काम अघि बढिरहँदा नेपाल विद्युत प्राधिकरणले आफ्नो संरचना समयमै स्थानान्तरण नगर्नु नै यो दुर्घटनाको मुख्य कारण हो।
ूमक्किसकेको काठको पोलमा अझै पनि विद्युत प्रवाह भइरहेको छ, त्यो कतिको सुरक्षित हो भन्ने प्रश्नको जवाफ प्राधिकरणले दिनुपर्छ,ू वडाध्यक्ष फेउदिनले भने। ूआज एउटा जंगली जनावर मरेको छ, भोलि यही स्थानमा मान्छे मरे भने त्यसको जवाफ कसले दिने होरुू उनले दमक शाखाको गम्भीर लापरवाहीप्रति कडा असन्तुष्टि समेत जनाए।
फेरिन बाँकी पोल छेउमै नयाँ पोल
स्थानीय भगीरथ रिजालका अनुसार विद्युत प्राधिकरणले करिब ३–४ महिनाअघि काठको पोलको एक मिटर नजिक फलामे पोल गाडेको थियो। पोल गाडिएको माटोमा झार छिप्पिएको देखिनु ले पनि यो करिब तीन चार महिनाअघि पुल गाडिएको त्यसको प्रमाण हो। तर, पुरानो मक्किएको काठको पोल भने अझै हटाइएको थिएन। त्यसैमा करेन्ट प्रवाह भइरहेको थियो। रिजालले भने, ूहात्तीले काठको पोलमा धक्का दियो, पोल ढल्किएर फलामे पोलमा लाग्दा करेन्ट प्रवाह भयो र हात्ती पोलसँग टच हुँदा हात्ती ठाउँको ठाउँ मरेको हो।
सडकछेउका पोलबाट थप दुर्घटना सम्भावना
राजमार्गको छेउमा रहेका पुराना र कमजोर बिजुलीका पोलहरू सयौं सवारी साधन र पैदलयात्रीका लागि दिनानुदिन जोखिम बन्दै गएका छन्। स्थानीय बासिन्दाहरूका अनुसार यस्ता पोलले कुनै पनि बेला थप दुर्घटनाको निम्तो दिन सक्ने भएकाले तत्काल प्राधिकरणले संरचनागत सुधार गर्न आवश्यक देखिएको स्थानीयवासीले बताएका छन्।
तत्काल संरचना स्थानान्तरणको माग
स्थानीयवासी तथा सरोकारवालाहरूले जंगलभित्र र सडकछेउका जिर्ण तथा असुरक्षित पोल र तारहरू तत्काल परिवर्तन र स्थानान्तरण गर्न माग गरेका छन्। ूसडक बने पनि प्राधिकरणको ढिलासुस्तीले दुर्घटना निम्तिएको हो,ू वडाध्यक्ष फेउदिनले भने, ूअब पनि बेवास्ता गरिने हो भने यस्ता घटनाहरू झनै बढ्नेछन्।
वन्यजन्तु संरक्षणका दृष्टिले यो घटना निकै चिन्ताजनक मानिएको छ। यसले वन्यजन्तुको जीवन मात्र होइन मानव सुरक्षाको सवाल समेत उठाएको छ। नेपाल विद्युत प्राधिकरणको गम्भीर लापरवाहीले निम्त्याएको यो घटनाको जिम्मेवारी तोक्नुपर्ने माग स्थानीय तहमा तीव्र रूपमा उठिरहेको छ। आगामी दिनमा यस्ता दुर्घटनाबाट जोगिन नेपाल विद्युत प्राधिकरणले संरचनागत सुधार, उत्तरदायित्व र स्थानीय उपभोक्ता सँग समन्वय गरेर अघि बढ्न उपभोक्ताले सुझाव दिएका छन्।
- विनोद सापकोटा

0 comments:
Post a Comment