मेची राजमार्गमा स्काेरपियो र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु

२०८२ भाद्र ३ गते , मंगलबार


झापा । झापाको मेची राजमार्गमा स्काेरपियो र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बुद्धशान्ति गाउँपालिका–१ निवासी ४६ वर्षीय ठाकुर अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मेची राजमार्गको बुद्धशान्ति गाउँपालिका–४ आज दिउँसो करिब साढे ३ बजेको समयमा इलामबाट बुधवारेतर्फ आउँदै गरेको बीआर ५५८५०० नम्बरको भारतीय स्काेरपियो गाडीले गर्दा विपरीत दिशाबाट आइरहेको प्र.१–०१–०१६ प.३६६१ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक अधिकारी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकोमा उपचारको क्रममा साँझ ५:४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । यता इलाका प्रहरी कार्यालय बुधवारेले स्काेरपियो चालकसहित स्काेरपियो र मोटरसाइकल नियन्त्रणमा लिएको छ । u


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment