२०८२ भाद्र ३ गते , मंगलबार
झापाको दमकमा एक दम्पती सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी श्रीमान् घाइते भएका छन् ।
आज बिहान अन्दाजी ८ बजे पूर्व पश्चिम राजमार्गको दमक पशुहाट नजिकै दमकबाट पाडाजुँगीतर्फ आउँदै गरेको प्र१–०२–००२ ख०९१२ नम्बरको बन्दाकोपी बोकेको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको प्र१–०१–०१२ प ९३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ४२ वर्षीया मुना गौतमको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यस्तै दुर्घटनामा परी मोटरसाइकल चालक कमल गाउँपालिका–५ निवासी ४३ वर्षीय शुकदेव गौतम घाइते भएका छन् । मृतक मुना मोटरसाइकल चालक गौतमको श्रीमती हुन् । घाइते गौतमको बायाँ खुट्टामा सामान्य चोट लागेको छ । उनको दमक अस्पतालमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय दमकले ट्रक चालक तेह्रथुम लालीगुराँस नगरपालिका–४ निवासी २५ वर्षीय आङ शेर्पासहित ट्रक र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।

0 comments:
Post a Comment