२१ असार, रोङ (इलाम)
इलामको रोङ गाउँपालिका–६ स्थित रम्भ्याङको स्कुलडाँडादेखि आलेढुङ्गासम्मको पुरानो गोरेटो अब मोटरेबल बनेको छ। दशकौँदेखि उपयोग हुँदै आएको, तर सधैं उपेक्षितजस्तै रहिएको यो बाटो अहिले गाडी गुड्ने बनाइएको हो।
२०२८ सालमै नापीमा रहेको यो करिब ३०० मिटरको मार्ग साबिक जिर्मले–५ स्थित सरस्वती माविबाट सुरू भएर आलेढुङ्गासम्म पुग्छ। कुनै समय यो बाटो पूर्वी इलामका बासिन्दाहरूले नक्शालबाडि र बाहुण्डाँगीसम्म भारी बोकेर ओहोरदोहोर गर्न प्रयोग गर्ने मुख्य मार्ग थियो।
तर जनघनत्व बढेपछि स्थानीय बासिन्दाहरूको घरजग्गा जोगाउन बाटो घुमाइँदा यो पुरानो बाटो ओझेलमा परेको थियो। अहिले पनि दैनिक सयौँ विद्यार्थी, स्थानीय र बटुवाले प्रयोग गर्दै आएको यो बाटोलाई रोङ गाउँपालिकाले स्थानीयको मागमा मेसिन प्रयोग गरेर मोटरेबल बनाएको हो।
गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्वाेले भने, “नजिकैकाे स्वास्थ्य चौकी कार्यक्रमकाे क्रममा स्थानीयसँगको छलफलपछि यो ऐतिहासिक र उपयोगी बाटोलाई सानो लगानीमै सुधार गरिएको हो।”
यसअघि आलेढुङ्गाबाट स्कुलडाँडा पुग्न करिब १.५ किलोमिटर लामो घुमाउरो बाटो फागुने वा बरवोडे हुँदै प्रयोग गर्नु पर्ने अवस्था थियो। तर अहिले सोही दुरी घटेर करिब ३०० मिटरमा झरेको छ।
८४ वर्षीय स्थानीय सेरबहादुर घिमिरे भन्छन्, “छोटो, सीधा र पुरानो बाटो भएर पनि अहिलेसम्म निर्माण नभएकोमा हामीलाई आश्चर्य लागेको थियो।”
स्थानीय बासिन्दा रञ्जित साम्पाङका अनुसार, “सडक नहुँदा डाँडो काटेर हिँड्नुपर्थ्यो, अब भने दैनिक जीवन निकै सहज भएको छ।”
रोङ गाउँपालिकाले स्थानीय विकासका यस्ता साना तर प्रभावशाली योजनाहरूलाई प्राथमिकतामा राखेर अघि बढाउने नीति लिएको जनाएको छ।

0 comments:
Post a Comment