झापा दमकको परदेशी होटल एन्ड लजमा एक व्यक्ति मृत फेला परेका छन् ।आईतबार दिउँसो अन्दाजी १.३० बजे दमक –६ फाल्गुननन्द चोकमा रहेको परदेशी होटल एन्ड लजको रुम नं. २०१ मा बेलडाँगी २ बस्ने भुटानी शरणार्थी वर्ष अन्दाजी ३५ का संजिल राई मृत फेला परेका हुन् । उनी साउन २५ गतेदेखि सो होटलमा बस्दै आएका थिए । बहिनी नाताकी मनिला चाम्लिङ राईले फोन गर्दा नउठाएपछि सोही होटलमा आई हेर्दा राई घोप्टो परी बेहोस अवस्थामा भेटिएका थिए । उनको नजिकमा रहेको टेबुलमा गुग्ली नामक बिषादिको बट्टा फेला परेको छ ।
राईलाई लाइफलाइन अस्पताल दमकमा लगी उपचार गराउने क्रममा डाक्टरले मृत घोषणा गरेका थिए । इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएर अनुसन्धान भइरहेको जनाइएको छ । पाँचथर मिक्लाजुङ –३ घर भएका प्रेमकुमार फियाकले फाल्गुननन्द चोकमा सो होटल सञ्चालन गर्दै आएका छन् ।

0 comments:
Post a Comment