इलाममा खोल्सामा डुबेर एक जनाको मृत्यु

📅 माइपोखरी न्युज, इलाम – २०७९ भदौ ३ (अगस्ट १९, २०२५)


इलामको सूर्योदय नगरपालिका–७ मा खोल्सामा डुबेर एक व्यक्तिको ज्यान गएको छ। स्थानीय ४० वर्षीय बेलकुमार घलेको मृत्यु ढिके खोल्सामा डुबेर भएको इलाम प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सोमबार दिउँसो करिब २:३० बजे घले घरदेखि करिब ५०० मिटर पूर्वमा रहेको ढिके खोल्सामा खानेपानीको पाइप मर्मत गर्न गएका थिए। साँझसम्म घर नफर्किएपछि परिवारले खोजी गर्न थालेका थिए। खोजतलासकै क्रममा राति करिब ९ बजे उनी खोल्सामा मृत अवस्थामा फेला परेका हुन्।

घटनाको जानकारी पाएपछि प्रहरी चौकी हर्कटेबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप टोली पनि खटाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। मृतक घलेलाई छारे रोगको दीर्घ समस्या रहेको समेत प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment