इलामको माईमा करेन्ट लाग्दा भारतीय युवकको मृत्यु

 

२ साउन, इलाम । इलामको माई नगरपालिका–२ माझबारीमा करेन्ट लाग्दा एक भारतीय युवकको ज्यान गएको छ।

भारतको किशनगञ्ज जिल्ला, करुवामणी पंचायत सुरीभिट्टा गाउँका २२ वर्षीय अफताव अफसर आलमलाई शनिबार साँझ करेन्ट लागेको हो।

निर्माणाधीन घरमा टायल फिटिङ गर्ने क्रममा साँझ करिब ६ः३० बजे करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए। तत्पश्चात उनलाई उपचारका लागि तत्काल माई अस्पताल लगिएकोमा साँझ ८ः३० बजे उपचारकै क्रममा मृत्यु भएको इलामको लोदिया प्रहरी चौकी दानाबारीका प्रमुख, प्रहरी नायव निरीक्षक सूर्य मोक्तानले जानकारी दिनुभयो।

मृतकका आमा अफसरी आलमसहित परिवारका सदस्य माई अस्पताल पुगेका थिए। प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल, भद्रपुर पठाएको जनाएको छ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment