मोरङमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

२०८२ श्रावण २७ गते , मंगलबार


मोरङमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका–१ झरनाघुटु मा  घरायसी विवादमा ४५ वर्षीय बाबुधन सतारले कुटपिट गर्दा ४० वर्षीया पत्नी दुर्बी सतारको मृत्यु भएको कानेपोखरी १ वडाध्यक्ष रत्नबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार बाबुधनले आइतबार राति ८ बजेतिर श्रीमतीलाई कुटपिट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
कुटपिटबाट कानमा चोट लागेर घाइते भएकी दुर्बीलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पठाइएको थियो । अवस्था गम्भीर बन्दै गएका बेला सोमबार आफन्तहरूले घर फर्काएका थिए ।


घर लिएर आउँदै गर्दा सोमबार साँझ बाटैमा दुर्वीको मृत्यु भएको हो । श्रीमान श्रीमतीको झगडा छुट्याउन गएका छिमेकी ५० वर्षीय छोटेलाल हस्दासमेत घटनामा परेर घाइते भएका थिए । उनको टाउकोमा चोट लागेको छ ।
छोटेलालको अवस्था सामान्य रहेको र कोशीमै उपचार भइरहेको प्रहरीले जनाएको छ । श्रीमतीको हत्यामा संलग्न बाबुधनलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक तुलसीराम अर्याल नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ । सतारका दुई छोरी र एक छोरा छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment