साउन २७, २०८२
झापा । झापाको बिर्तामोड ३ स्थित मेची आँखा अस्पतालनजिकै मेची वान होटलबाट लागूऔषधसहित पाँचजना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
होटलको दोस्रो तलाको कोठाभित्र लागूऔषध बिक्री बितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी सहायक निरीक्षक पदम विष्टको टोली खटिएर उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बिर्तामोड वडा न ८ बस्ने २४ वर्षीय पंकज मैनाली , सोही ठाउँ बस्ने ३३ वर्षीय सरोज पौडेल , भद्रपुर वडा न १० बस्ने ४० वर्षीय शंकर चिमरिया , हल्दिवारी वडा न ४ बस्ने ३४ वर्षीय प्रदिप राई र हुम्ला नाम्खा गाउँपालिका वडा नं १ दिङगा बस्ने ३५ वर्षीय राजु लामा रहेका छन् ।
उनीहरुको साथबाट प्लाष्टिकसहित १ ग्राम २७० मिलिग्राम ब्राउनसुगर , विभिन्न कम्पनीका मोबाइलहरु र नगद बरामद भएको छ । उनीहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जनाइएको छ ।
0 comments:
Post a Comment