![]() |
सांकेतिक तस्वीर |
बाह्रदशी, ३० साउन — झापाको बाह्रदशी गाउँपालिका–७ स्थित घाग्रा खोलामा पौडी खेल्ने क्रममा एक छात्राको डुबेर मृत्यु भएको छ।
मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–५ कालदाशबारी जनज्योति स्कूल नजिक बस्ने १६ वर्षीया झरना राजवंशी रहेको प्रहरीले जनाएको छ। उनी श्री गौरीशंकर माध्यमिक विद्यालयमा कक्षा–१० मा अध्ययनरत थिइन्।
विद्यालय बिदा भएपछि साथीसँग पौडी खेल्न घाग्रा खोलामा गएकी झरना पानीमा डुबेको स्थानीयले बताएका छन्। घटनास्थलमा पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ।
0 comments:
Post a Comment