दिपेन्द्र आचार्यको कविता सङ्ग्रह ‘व्यापार पृथ्वीको’ लोकार्पण

  • गोबिन्द पौडेल, 

इलाम – इलामका कवि दिपेन्द्र आचार्यको कविता सङ्ग्रह ‘व्यापार पृथ्वीको’ शनिबार सूर्योदय नगरपालिकामा आयोजित विशेष कार्यक्रममा लोकार्पण गरिएको छ।

इन्डिगो इन्कद्वारा प्रकाशित यस कविता सङ्ग्रहमा ६५ वटा कविता समेटिएका छन्। कार्यक्रमको आयोजना सूर्योदय गजल मञ्चले गरेको हो।

लोकार्पण समारोहमा नेपाली साहित्यका अग्रज कृष्ण बराल प्रमुख अतिथि रहेका थिए। साथै साहित्यकार प्रकाश थाम्सुहाङ, चन्द्र गुरुङ, भारतीय कवि डा. कमला तामाङ, सूर्योदय गजल मञ्चका अध्यक्ष योगनिधि भट्टराई, सूर्योदय नगरपालिका सामाजिक विकास समितिका संयोजक डिकबहादुर बम्जनलगायतले पुस्तक सार्वजनिक गर्नुभयो।

प्रमुख अतिथि बरालले स्थानीय समाज, माटो र परिवेशलाई कृतिमा उतार्नु साहित्यकारको जिम्मेवारी हुने धारणा व्यक्त गर्नुभयो। वक्ता थाम्सुहाङले कविता ईश्वरको बोली भएको उल्लेख गर्दै आचार्यको कृतिमा परम्परा र आध्यात्मिकताको सुगन्ध रहेको बताए। अर्का साहित्यकार गुरुङले सङ्ग्रहमा देश, प्रकृति र समाज बोलिरहेको भन्दै लामो कवितामा अझ थप गहिरो काम भएको भए उत्कृष्ट हुने प्रतिक्रिया दिए।

भारतीय कवि डा. कमला तामाङले कृतिको विभिन्न कोणबाट विश्लेषण गर्दै आचार्यको सिर्जनशीलतामा प्रशंसा व्यक्त गरिन्।

कार्यक्रममा कवि लीला अनमोल, गणेश निरौला, अभागी थेगुवा, कविता राई गाउँले, विजय वातवा कैलाशी, केपी ढकाल, देवी गौतमलगायतले सङ्ग्रहभित्रका कविता वाचन गरेका थिए।

लेखक दिपेन्द्र आचार्यले सबैप्रति आभार व्यक्त गर्दै आफ्ना कविता पढी प्रतिक्रिया दिन आग्रह गरे।

सूर्योदय गजल मञ्चका अध्यक्ष योगनिधि भट्टराईको अध्यक्षता तथा सचिव बिक्रम सुन्दासको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment