हल्दिबारीबाहेक झापाका १४ वटै पालिका ध्वस्त, कुन पालिकामा कहाँ भयो तोडफोड र आगजनी ? (विवरणसहित)
जेनजी आन्दोलनको नाममा हिंसात्मक प्रदर्शनमा झापामा करिब डेढ सय वटा तोडफोड र आगजनीका घटना भएका छन् । जिल्लाका १५ वटा पालिकामध्ये हल्दिवारी गाउँपालिका मात्र तोडफोड र आगजनी जोगिन सफल भएको छ । अरू १४ वटै पालिकामा पालिका कार्यालय र वडा कार्यालयहरूमा आगजनी र तोडफोड भएको छ ।
त्योसँगै जनप्रतिनिधि र राजनीतिक दलका नेताको घर र गाडी आन्दोलनकारीको निशानामा परेका छन् । आन्दोलनकारीहरूले एमाले, काँग्रेस र माओवादीको पार्टी कार्यालयमा समेत आगजनी गरेका छन् । राप्रपा, रास्वपा लगायत अन्य पार्टी कार्यालयहरुमा भने आगजनी र तोडफोड भएको छैन ।
सरकारमा रहेको एमालेलाई लक्षित गरिएको जेनजीको आन्दोलनमा बढी गरेर एमालेका जनप्रतिनिधि र नेताहरूले क्षति व्यहोर्नु परिरहेको छ । जिल्लामा भएका क्षतिको विवरण यस प्रकार रहेको छ ।
१) बिर्तामोड नगरपालिका
क) बिर्तामोड न.पा.–३, बिर्ताबजारस्थित बिर्तामोड नगरपालिकाको कार्यालय तोडफोड र आगजनी।
ख) बिर्तामोड न.पा.–१, २, ३, ४, ५, ७, ८, ९ वडा कार्यालयहरूमा तोडफोड र आगजनी।
ग) बिर्तामोड न.पा.–५ स्थित बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईँको घर तोडफोड।
घ) बिर्तामोड न.पा.–२ स्थित बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाको घर तोडफोड।
ङ) बिर्तामोड न.पा.–५ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय( नयाँ र पुरानो दुवै ) र इलाका प्रहरी कार्यालय बिर्तामोडको भवन र सवारी साधनहरू तोडफोड, आगजनी , हतियार लुटपाट र प्रहरीमाथि आक्रमण ।
च) बिर्तामोड न.पा.–५ स्थित बिर्तामोडका पूर्व नगर प्रमुख ध्रुव कुमार शिवाकोटीको घर र कार तोडफोड र आगजनी।
छ) बिर्तामोड न.पा.३ स्थित भाटभटेनी सुपर मार्केट तोडफोड, आगजनी र लुटपाट।
ज) बिर्तामोड न.पा.–३ यातायात व्यवस्था कार्यालयको भवन तोडफोड र आगजनी।
झ) बिर्तामोड न.पा.–६ स्थित नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईको घर र गाडी तोडफोड र आगजनी।
ञ) बिर्तामोड न.पा.–५ स्थित नेपाल टेलिकमको कार्यालय तोडफोड र आगजनी।
ट) बिर्तामोड न.पा.–३ स्थित प्रहरी चौकी बिर्ता बजारको भवन तोडफोड र आगजनी।
ठ) बिर्तामोड न.पा.–९ स्थित दुर्गा माध्यमिक विद्यालयको भवन तोडफोड र आगजनी।
ड) बिर्तामोड न.पा.–९ स्थित सहिद पार्कमा तोडफोड।
ढ) बिर्तामोड न.पा.–३ स्थित नेकपा (माओवादी केन्द्र) को जिल्ला पार्टी कार्यालय तोडफोड र आगजनी।
ण) बिर्तामोड न.पा.–४ स्थित नेकपा एमालेको जिल्ला पार्टी कार्यालय तोडफोड र आगजनी।
२) कनकाई नगरपालिका
क) कनकाई न.पा.–१ स्थित कनकाई न.पा. को कार्यालय भवन तोडफोड र आगजनी।
ख) कनकाई न.पा.–१ र ७ स्थित नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको २ वटा घरमा तोडफोड, आगजनी र लुटपाट।
ग) कनकाई न.पा.–३ स्थित नगर उपप्रमुख आशा कुमारी शिवाकोटीको घर तोडफोड।
घ) कनकाई न.पा.–३ का वडाध्यक्ष युवराज चौलागाईंको घर तोडफोड।
ङ) कनकाई न.पा.–३ स्थित इलाका प्रहरी कार्यालय, सुरुङ्गाको भवन तोडफोड र सवारी साधनहरूमा आगजनी।
च) कनकाई न.पा.–१, २, ३, ४, ५, ६, ७, ८ र ९ वडा कार्यालयहरूमा तोडफोड र आगजनी।
छ) कनकाई न.पा.–३ स्थित नेपाली काँग्रेसका झापा जिल्ला सभापति देउकुमार थेबेको घर तोडफोड र सामानहरू घर बाहिर ल्याएर आगजनी।
३) मेचीनगर नगरपालिका
क) मेचीनगर न.पा.– १, २, ४, ६, ७, ९ र १० वडा कार्यालयहरूमा तोडफोड र आगजनी।
ख) मेचीनगर न.पा.–१० स्थित गिरिजाप्रसाद कोइराला स्मृति प्रतिष्ठानमा आगजनी र तोडफोड।
ग) मेचीनगर न.पा.–९ स्थित प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माको घर तोडफोड र आगजनी।
घ) मेचीनगर न.पा.–९ स्थित मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको घरमा तोडफोड र आगजनी।
ङ) मेचीनगर न.पा.–९ स्थित बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाईँको घरमा तोडफोड र आगजनी।
च) मेचीनगर न.पा.–१० स्थित नगरपालिकाका अधिकृत अनन्त बस्तीको घरमा तोडफोड र आगजनी।
छ) मेचीनगर न.पा.–१० स्थित ट्राफिक बिटमा तोडफोड र आगजनी।
ज) मेचीनगर न.पा.–६ स्थित ट्राफिक बिटमा तोडफोड र आगजनी।
झ) मेचीनगर न.पा.–६ स्थित नगर उपप्रमुख मिना पोखरेल उप्रेतीको घरमा तोडफोड र आगजनी।
ञ) मेचीनगर न.पा.–६ काँकडभिट्टास्थित संविधान सभा सदस्य रविन कोइरालाको घरमा तोडफोड र आगजनी।
ट) मेचीनगर न.पा.–६ काँकडभिट्टा स्थित पूर्व प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीको घरमा तोडफोड र आगजनी।
ठ) मेचीनगर न.पा.–६ काँकडभिट्टास्थित प्रदेश सभा सदस्य गोपाल तामाङको घरमा तोडफोड र आगजनी।
ड) मेचीनगर न.पा.–६, काँकडभिट्टास्थित मेची भन्सार कार्यालयको सवारी साधनहरू तोडफोड, आगजनी र लुटपाट।
ढ) मेचीनगर न.पा.–६, स्थित इलाका प्रहरी कार्यालय काँकडभिट्टाको भवनमा सामान्य तोडफोड र सवारी साधनहरूमा आगजनी।
ण) मेचीनगर न.पा.–७, इटाभट्टास्थित सशस्त्र प्रहरी बल नेपालको चेकपोस्टमा तोडफोड र आगजनी।
त) मेचीनगर न.पा.–८, धुलाबारीस्थित होटेल मेची क्राउनमा तोडफोड।
थ) मेचीनगर न.पा.–६, काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा तोडफोड र आगजनी।
द) मेचीनगर न.पा.–६ काँकडभिट्टास्थित राजमार्गका चेक पोस्टहरूमा तोडफोड र आगजनी।
ध) मेचीनगर न.पा.–६ काँकडभिट्टास्थित नेकपा एमाले झापा क्षेत्र नं. १ क्षेत्रीय पार्टी कार्यालय तोडफोड र आगजनी।
न) मेचीनगर न.पा.–७, इटाभट्टास्थित मेचीनगर नगरपालिकाको भवनमा तोडफोड र आगजनी।
४) गौरादह नगरपालिका
क) गौरादह न.पा.–३ स्थित नगरपालिका कार्यालय तोडफोड, नगर प्रमुख, उपप्रमुख चढ्ने गाडी, फोहोर बोक्ने टिपर, २ वटा मोटरसाइकलमा आगजनी।
ख) गौरादह न.पा.– १, २ र ६ वडा कार्यालयहरूमा तोडफोड र आगजनी।
ग) गौरादह न.पा.–२ स्थित नेपाली काँग्रेस नगर पार्टी कार्यालय, बिपी स्मृति भवनमा तोडफोड र आगजनी।
घ) गौरादह न.पा.–३ स्थित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको घरमा तोडफोड र आगजनी।
ङ) गौरादह न.पा.–३, डिपुचोकस्थित संविधानसभा सदस्य दीपक कार्कीको घरमा तोडफोड।
च) गौरादह न.पा.–५ स्थित गौरादह नगर प्रमुख छत्रपति सुवेदीको घरमा तोडफोड र आगजनी।
छ) गौरादह न.पा.–७ स्थित नेकपा एमाले गौरादह नगर कमिटीको पार्टी कार्यालयमा तोडफोड र आगजनी।
ज) गौरादह न.पा.–८ स्थित नगर उपप्रमुख जलवर्षा राजवंशीको घरमा तोडफोड र आगजनी।
५) गौरीगञ्ज गाउँपालिका
क) गौरीगञ्ज गा.पा.–३ स्थित गाउँपालिका भवनको झ्यालको सीसा तोडफोड।
ख) गौरीगञ् ज गा.पा.–६ स्थित वडा कार्यालयको झ्यालको सीसा तोडफोड।
ग) गौरीगञ्ज गा.पा.–३ स्थित इलाका प्रशासन कार्यालयको झ्यालको सीसा तोडफोड।
६) दमक नगरपालिका
क) दमक न.पा.–१ स्थित नगरपालिका कार्यालय तोडफोड र आगजनी।
ख) दमक न.पा.–१ का वडाध्यक्ष हरि न्यौपानेको घरमा तोडफोड।
ग) दमक न.पा.–२ स्थित उपप्रमुख रेगिना प्रसाईँको घरमा तोडफोड।
घ) दमक न.पा.–३ भ्यू टावरमा आंशिक तोडफोड र आगजनी।
ङ) दमक न.पा.–३ का वडाध्यक्ष नवीन बरालको घरमा तोडफोड।
च) दमक न.पा.–५ स्थित आन्तरिक राजश्व कार्यालयमा आगजनी र तोडफोड।
छ) दमक न.पा.–५ स्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा आगजनी र तोडफोड।
ज) दमक न.पा.–५ स्थित ट्राफिक प्रहरी कार्यालयमा आगजनी र तोडफोड।
झ) दमक न.पा.–६ स्थित इलाका प्रहरी कार्यालय दमकमा आगजनी र तोडफोड।
ञ) दमक न.पा.–६ स्थित नगर प्रमुख रामकुमार थापाको घरमा तोडफोड र आगजनी।
ट) दमक न.पा.–८ स्थित नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय आगजनी र तोडफोड।
ठ) दमक न.पा. –८ स्थित नेकपा (माओवादी केन्द्र) का नेता गगन पुरीको घरमा आगजनी र तोडफोड।
ड) दमक न.पा.–९, शान्ति मार्गस्थित कामचलाउ प्रधानमन्त्री के.पी. शर्मा ओली निजी निवासमा आगजनी र तोडफोड।
ढ) दमक न.पा.–९ स्थित भाटभटेनी सुपर मार्केटमा आगजनी र तोडफोड।
ण) दमक न.पा.–५ स्थित नेकपा एमालेका केन्द्रीय सदस्य एवं झापा जिल्ला इन्चार्ज रोमनाथ ओलीको घरमा तोडफोड र आगजनी।
त) दमक न.पा.–८ स्थित नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द थापाको घर र सवारी साधनमा आगजनी र तोडफोड।
७) शिवसताक्षी नगरपालिका
क) शिवसताक्षी न.पा.–७ स्थित नगरपालिका कार्यालयमा तोडफोड र बाहिर आगजनी।
ख) शिवसताक्षी न.पा.– १,२, ३, ४, ५, ६, ७, ८, ९, १० र ११ वडा कार्यालयहरूमा तोडफोड।
ग) शिवसताक्षी न.पा.–९ स्थित प्रतिनिधि सभा सदस्य एलपी साँवा लिम्बूको घरमा तोडफोड।
घ) शिवसताक्षी न.पा.–१ स्थित कोशी प्रदेश सभा सदस्य राधाकृष्ण खनालको घरमा तोडफोड।
८) कमल गाउँपालिका
क) कमल गा.पा.–३ स्थित प्रहरी चौकी केर्खामा तोडफोड।
ख) कमल गा.पा.– १ स्थित वडा कार्यालयमा तोडफोड।
ग) कमल गा.पा.– २ स्थित प्रहरी चौकी क्याम्पामा तोडफोड।
घ) कमल गा.पा.–२ स्थित गाउँपालिका कार्यालयमा तालाबन्दी।
९) भद्रपुर नगरपालिका
क) भद्रपुर न.पा.–१ स्थित कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको बुबा मोहनप्रसाद ओली बस्ने घरमा आगजनी र तोडफोड।ख) भद्रपुर न.पा. –१० स्थित राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाको घरमा आगजनी र तोडफोड।ग) भद्रपुर न.पा.– ३, ४,५, ६ ,७, ८ र १० नं वडा कार्यालयहरूमा तोडफोड र आगजनी।
घ) भद्रपुर न.पा.–८ स्थित सघन सहरी विकास कार्यालयमा तोडफोड र आगजनी।
ङ) भद्रपुर न.पा.–८ स्थित घरेलु उद्योगको कार्यालयमा तोडफोड र आगजनी।
च) भद्रपुर न.पा.–८ स्थित पूर्वाधार विकास कार्यालयमा तोडफोड र आगजनी।छ) भद्रपुर न.पा.–८ स्थित नगर प्रमुख गणेश पोखरेलको घरमा तोडफोड र आगजनी।
ज) भद्रपुर न.पा.–५ स्थित भद्रपुर भन्सार कार्यालयमा तोडफोड र आगजनी।
झ) भद्रपुर न.पा.–५ स्थित वडा प्रहरी कार्यालयको भवनमा तोडफोड र आगजनी।
ञ) भद्रपुर– ६ मा रहेको उपप्रमुख राधा कार्कीको घरमा आगजनी
ट) व्यवायिक तथा सीप विकास तालिम केन्द्र
ठ) श्रम तथा रोजगार कार्यालय
१०) झापा गाउँपालिका
क) झापा गा.पा.–३, कामाटोलीस्थित गाउँपालिकाको कार्यालय, कार्यवाहक अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको दुई वटा चारपांग्रे गाडीमा आगजनी
ख) झापा गा.पा. –१ को दुई वटा सरकारी मोटरसाइकलमा आगजनी।
ग) झापा गा.पा. १, २, ३, ४, ५, ६ र ७ का वडा कार्यालयहरूमा तोडफोड र आगजनी।
घ) नेपाली काँग्रेसका जिल्ला सदस्य जलाल अलीको मोटरसाइकलमा आगजनी
११)अर्जुनधारा नगरपालिका
क) अर्जुनधारा ८ स्थित अर्जुनधारा नगरपालिकाको कार्यालय , ८ वटा ठूला सवारी साधन र ७ वटा मोटरसाइकलमा आगजनी
ख) अर्जुनधारा नगरपालिकाको १,२,३,४,५,६,७,८,९,१० र ११ नं वडा कार्यालयमा तोडफोड र आगजनी
ग) अर्जुनधारा ८ स्थित शनिश्चरे प्रहरी चौकीमा तोडफोड
घ)अर्जुनधारा ९ र ११ स्थित सालवारीस्थित शहीद पार्कमा तोडफोड
१२) बुद्धशान्ति गाउँपालिका
क) बुद्धशान्ति ३ स्थित बुद्धशान्ति गाउँपालिकाको कार्यालय र दुई वटा गाडीमा आगजनी
ख) बुद्धशान्ति १,२,३,४,५,६ र ७ नं वडा कार्यालयमा तोडफोड र आगजनी
ग) बुद्धशान्ति वडा नं ३ मा रहेको गाउँपालिका अध्यक्ष मनोज प्रसाईँको घरमा तोडफोड , आगजनी र लुटपाट
घ)बुद्धशान्ति –३ मा रहेको इलाका प्रहरी कार्यालय बुधबारेमा तोडफोड
ङ)बुद्धशान्ति– ३ स्थित बिजुली अफिसमा तोडफोड
१३) बाह्रदशी गाउँपालिका
क) बाह्रदशी– ५ स्थित बाह्रदशी गाउँपालिकाको कार्यालय भवन र सवारी साधनमा आगजनी
ख) बाह्रदशी १,२,३,४,५,६,७ नं वडा कार्यालयहरूमा तोडफोड र आगजनी
१४) कचनकवल गाउँपालिका
क) कचनकवल गा.पा.–६ स्थित गाउँपालिकाको भवन तोडफोड र आगजनी, गा.पा. को फोहोर बोक्ने ट्याक्टर, इन्डियन नम्बर प्लेटको गाडीमा आगजनी।
ख) कचनकवल गा.पा.–४, ५, ६ र ७ नं वडा कार्यालयहरूमा तोडफोड र आगजनी।
ग) कचनकवल गा.पा.–१ मा गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद राजवंशी चढ्ने सरकारी गाडीमा आगजनी।

0 comments:
Post a Comment