टिपर ठक्कर : ११ वर्षीया बालिकाको मृत्यु, तीनजना घाइते

मिति : २०८२ भदौ २१, शनिबार

सुनसरी ।
सुनसरीको धरानमा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।

हिजो दिउँसो करिब १:५० बजे धरान उप–महानगरपालिका–६ चौकीडाँडामा धरानबाट केराबारीतर्फ जाँदै गरेको प्र.१–०२–००१ नम्बरको टिपरले बाटो क्रस गर्दै गरेको को ३९ प २७४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

दुर्घटनामा स्कुटरमा सवार धरान–६ चौकीडाँडा बस्ने सुजन बुढाथोकीकी छोरी ११ वर्षीया सुवास्ना बुढाथोकीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै, स्कुटर चालक सुवास्नाकी आमा ३३ वर्षीया बिना बुढाथोकी, सुवास्नाकी बहिनी ६ वर्षीया लुना बुढाथोकी र सोही ठाउँका सुरेश श्रेष्ठकी छोरी ६ वर्षीया सुस्मिता श्रेष्ठ घाइते भएका छन्। उनीहरूको उपचार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको छ।

दुर्घटनामा संलग्न टिपर चालक धरान–६ पानबारी बस्ने ४५ वर्षीय भक्तबहादुर मगरलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment