नेपालतर्फ लागूऔषध आपूर्ति गर्दै आएका एक भारतीय कारोबारी भारतको गलगलियामा पक्राउ परेका छन् । भद्रपुर-गलगलिया नाकाको सीमावर्ती भारतीय बजार नजिकैको एक घरमा गलगलिया प्रहरी र एसएसबीले २१८ ग्राम ब्राउनसुगरसहित ती कारोबारीलाई पक्राउ गरेका हुन् । मादक पदार्थको खरिद बिक्रीको धन्दा चलाइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी र ४१ औं बटालियनको भातगाउँ बीओपीको संयुक्त टोलीले हिजो दिउँसो करिब १.३० बजे गलगलियाको भातगाउँ पञ्चायतको वार्ड नम्बर ५ स्थित एक घरमा छापा मारेको थियो ।
त्यस क्रममा ब्राउनसुगरसहित ती कारोबारी पक्राउ परेका हुन् । गलगलिया थाना क्षेत्रको दरभंगिया टोलस्थित एक घरमा खानतलासी गर्दा घरभित्र पलङमुनि लुकाइएको २१८ ग्राम ब्राउन सुगर बरामद भएको थियो ।
त्योसँगै १ लाख ९० हजार १ सय भारतीय रुपैयाँ र नेपाली १० रुपैयाँ बरामद भएको छ । लागूऔषधसंगै कारोबारी ३२ वर्षीय शिव सहनीलाई पक्राउ गरिएको छ । उनीविरुद्ध एनडीपीएस एक्टअन्तर्गत मुद्दा दर्ता गरिएको छ । गलगलिया प्रहरीले उनलाई न्यायिक हिरासतमा पठाउने तयारी गरिरहेको जनाइएको छ ।
0 comments:
Post a Comment