झापाको गौरादहमा ग्याङफाइट, ६ जना युवा पक्राउ

२०८२ कार्तिक ६ गते , विहीबार


झापाको गौरादह–५ स्कुलचौन बजारमा ग्याङफाइट गर्ने ६ जना युवा पक्राउ परेका छन् । हिजो दिउँसो २ बजे स्कुलचौन बजारमा पुरानो रिसिइबीको कारण युवाहरूको दुई समूहबीच ग्याङफाइट भएको थियो । प्रहरी चौकी महारानीझोडामा जानकारी प्राप्त हुनसाथ प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर कार्कीको कमान्डमा ५ जना र इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक बिपन विश्वकर्माको कमान्डमा ११ जनाको टोली खटिएर झैँ–झगडामा संलग्न युवाहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा दमक ७ बस्ने वर्ष २१ का प्रसान शेर्मा ,दमक ८ बस्ने वर्ष २० का रोहण लिम्बू ,दमक ८ बस्ने वर्ष २० का लियोज बजगाईँ , दमक ८ बस्ने वर्ष २१ का सिसम थेबे लिम्बू ,दमक ८ बस्ने वर्ष २३ का डेबिट मगर र दमक ७ बस्ने वर्ष २१ का सुदर्शन सापकोटा रहेका छन् । उनीहरूलाई पक्राउ गरी इप्रका दमकमा राखिएको छ ।

यता हिजो दिउँसो १२ बजे भद्रपुर –१० सयपत्री मार्ग बस्ने अनार मुखियाकी छोरी वर्ष २६ की सुरेखा मुखियामाथि हतियार प्रहार भएको छ । तत्काल नाम थर वतन नखुलेको दुई जना पुरुषले धारिलो हतियार प्रहार गर्दा युवतीको बायाँ हात र बायाँ गालामा गहिरो चोट लागेको छ । उनको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । हतियार प्रहार गर्ने व्यक्तिहरू फरार रहेका छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment