झापा
२०८२ कार्तिक ८ गते , शनिबार
तिहारमा देउसी खेल्न गएकी झापा दमककी एक बालिका बेपत्ता भएकी छन् । असोज ६ गते साँझ ६ः३० बजे दमक ४ तारावारी बस्ने केशव परियारकी छोरी वर्ष १४ की करुणा परियार देउसी खेल्न जान्छु भनी घरबाट हिँडेकी थिइन् । उनी हालसम्म पनि सम्पर्कमा नआएको परिवारले जनाएको छ । आफ्ना आफन्त, साथीहरू समेतमा समेत खोजतलास गर्दा फेला नपरेपछि उनकी आमा कल्पना परियारले हिजो इलाका प्रहरी कार्यालय दमकमा हुलियासहितको निवेदन दिएकी छन् । इप्रका दमकबाट टोली खटिएर खोजतलास भइरहेको जनाइएको छ ।
त्यस्तै झापा गाउँपालिका वडा न.७ मदरगाछ बस्ने अर्की किशोरी पनि बेपत्ता भएकी छन् । तिहारका बेला असोज ५ गते बिहान ११ बजे झापा गाउँपालिका वडा न.७ मदरगाछ बस्ने श्याम चक्रवर्तीकी छोरी वर्ष १७ की पूजा चक्रवर्ती घरबाट कोही कसैलाई नसोधी आफूखुसी हिँडेकी थिइन् । उनी हालसम्म घर फर्की नआएको र आफन्त, छरछिमेक, नातागोता,साथीभाइसँग सोधपुछ गर्दा फेला परेकी छैनन् । बुवा श्याम चक्रवर्तीले हिजो प्रहरी चौकी शरणामतिमा छोरी हराएको हुलियासहितको निवेदन दिएका छन् ।

0 comments:
Post a Comment