इलाम – अविरल वर्षाका कारण प्रभावित बनेका इलाम जिल्लाको माइजोग्माई गाउँपालिका–१ का १६ घरपरिवारलाई आर्ट अफ लिभिङ इलामले खाद्य सामग्रीसहित राहत वितरण गरेको छ।
गएको असोज १८ र १९ गते परेको भारी वर्षाका कारण घरमा क्षति पुगेका तथा समस्यामा परेका परिवारहरूलाई लक्षित गर्दै आर्ट अफ लिभिङका अभियन्ताहरूले राहत सहयोग गरेका हुन्।
राहत सामग्री गाउँपालिका अध्यक्ष, स्थानीयवासी र बुद्धिजीवीहरूको उपस्थितिमा जोरखर्क खेल मैदानबाट वितरण गरिएको थियो। राहत सामग्रीमा चामल, नुन, तेल, नुहाउने साबुन, स्वास्थ्यका लागि टुथब्रश तथा पेस्ट लगायतका अत्यावश्यक वस्तुहरू समावेश थिए।
विपत्तिको यस घडीमा राहत पाएपछि स्थानीयवासीहरूले आर्ट अफ लिभिङ इलामलाई धन्यवाद व्यक्त गरेका छन्।
0 comments:
Post a Comment