झापाको गौरादहमा खोलामा डुबेर तीन बालिकाको मृत्यु


३० असोज, झापा । झापाको गौरादह नगरपालिका–९ सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय अञ्जु मगरकी सात वर्षीया छोरी सुष्मा मगर, नौ वर्षीया स्वीकृति मगर, र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी परियार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

ती बालिकाहरू आज दिउँसो माछा मार्ने क्रममा खोलामा डुबेका थिए। स्थानीयवासी र प्रहरीले खोजतलास गरेपछि उनीहरूलाई निकालिएको थियो, तर उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय गौरादहको टोली पुगेर थप अनुसन्धान सुरु गरेको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment