झापा । झापाको बिर्तामोड नगरपालिका–५ बाट लागूऔषध ब्राउन सुगरसहित एक व्यक्ति पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ बिर्तामोड–५ स्थित सडकखण्डमा सवारी चेकजाँचको क्रममा पाँचथर हिलिहाङ गाउँपालिका–६ का डम्बर बहादुर मैनालीलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार मैनालीको साथबाट १६ ग्राम ४५० मिलिग्राम ब्राउन सुगर फेला परेको छ। बरामद लागूऔषधसहित उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

0 comments:
Post a Comment