अस्ट्रेलियामा एकै परिवारका ३ नेपालीको मृत्यु

२०८२ कार्तिक २८ गते , शुक्रबार


भिक्टोरिया राज्यको ग्रामीण क्षेत्रमा भएको एउटा दुर्घटनामा एउटै परिवारका ३ सदस्यको मृत्यु भएको छ। जसमा एक सानो बच्चा पनि भएको प्रहरीले जनाएको छ। उनीहरू नेपाली भएको पनि प्रहरीले पुष्टि गरेको  छ। 

मेलबर्नदेखि केही टाढा एक ट्रक र कार आपसमा ठोक्किदा यहाँ बस्दै आएका कारमा सवार नेपालीको मृत्यु भएको हो। दुई दिनअघि बलाराटको पश्चिमस्थित युरामबिन–स्त्रिथम रोड र माउन्ट विलियम रोडको चौराहा क्षेत्रमा दुर्घटना भएको थियो। 

प्रहरीका अनुसार उनीहरू जिलोङमा बस्दै आएका थिए।  एउटै परिवारका ४ जना सवार कारले स्टप साइन नदेखिकन वा नरोकी ट्रक गुडेको बाटो तिर जाँदा घटना भएको थियो।  प्रहरीको भनाइअनुसार ट्रकले कारलाई टी–आकारमा ठोक्कायो र कार धेरै पटक घुमेर अन्ततः आफ्नो यात्रु पक्षमा पल्टियो। कार चालक (४१ वर्षे पुरुष), उनकी ३१ वर्षीया   श्रीमती र तीन वर्षको छोरा घटनास्थलमै मृत्यु भएको थियो।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment