इलामबाट उदाएका मुकेस गुरुङ, राष्ट्रिय अवार्डमा “बेस्ट डेब्यु मोडल” विजेता

  • निशान निरौला

 इलाम – उदाउँदो मोडल मुकेस गुरुङले आफ्नो प्रतिभा, मेहनत र दमदार प्रस्तुतीकरणका बलमा ६औं जीनियस अवार्ड २०८२ मा “बेस्ट डेब्यु मोडल”को उपाधि हासिल गरेका छन्।

उनीले अभिनय गरेको ‘तिमी बिना’ गीतमा देखाएको प्रभावशाली अभिनयका कारण यो अवार्ड प्रदान गरिएको हो। उक्त गीतमा गायिका रोजिना बस्नेत र गायक साउगात जंग खड्काको स्वर रहेको छ।ख

समारोह राजधानीको नेपाल प्रहरी क्लब (Nepal Police Club) मा भव्य रूपमा सम्पन्न भएको थियो।

यसअघि पनि मुकेस गुरुङले विभिन्न विधामा दुई वटा अवार्ड जितिसकेका छन्। छोटो समयमै मोडलिङ क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल उनी अहिलेका चर्चित मोडलहरूमध्ये एक बनेका छन्।

गुरुङ इलाम जिल्लाको सूर्योदय नगरपालिका–१०, फिक्कलका बासिन्दा हुन्।च


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment