राेङ, २५ कात्तिक ।
अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीका अनुसार गुणस्तरीय अलैँची प्रतिमन एक लाख दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ । उनका अनुसार शनिबारसम्म प्रतिमन ९६ हजार रुपैयाँमा कारोबार भएको अलैँचीको मूल्य क्रमशः वृद्धि हुँदै अहिले एक लाख नाघेको हो ।
रेग्मीका अनुसार शनिबार अपराह्नसम्म प्रतिमन ९८ हजारमा पुगेको मूल्य आइतबार फेरि चार हजारले बढेर एक लाख दुई हजारमा पुगेको हो । असोज दोस्रो सातासम्म प्रतिमन ८५ हजारमा स्थिर रहेको अलैँचीको मूल्य एक महिनाको अवधिमा करिब १५ देखि १७ हजार रुपैयाँले वृद्धि भएको छ ।
व्यवसायीहरूका भनाइमा, यस वर्षको नयाँ उत्पादन सुरू भएपछि अलैँचीको कारोबार प्रारम्भिक रूपमा प्रतिमन ८० हजार रुपैयाँमा गरिएको थियो । अहिले देखिएको मूल्य वृद्धिलाई उनीहरूले बजार माग, गुणस्तर र निर्यातको सम्भावनासँग जोडेर हेरेका छन् ।

0 comments:
Post a Comment