इलाम, २०८२ मंसिर
जिल्ला प्रहरी कार्यालय इलामले २०८२ कार्तिक महिनाको ‘पोलीस अफ द मन्थ’ रूपमा प्रहरी सहायक निरीक्षक (असई) विजय राई लाई सम्मान गरेको छ। कार्यालयमा खटिएर विभिन्न क्षेत्रगत सेवामा देखाएको सक्रियता, जनमैत्री गतिविधि, छिमेकी प्रदेश/जिल्लासँग समन्वय, सुरक्षागत जोखिम न्यूनीकरण र घटनाप्रतिको छिटो प्रतिक्रिया जस्ता कार्यमा उत्कृष्ट योगदानका आधारमा यो सम्मान प्रदान गरिएको हो।
उत्कृष्ट कार्यको मुख्य कारणहरू
१. समुदायसँगको समन्वय र विश्वास निर्माण:
विद्यालय, समुदाय, महिला समूह, बृद्धबृद्धा, टोल विकास संस्था, युवासँगको सहकार्यमार्फत सामाजिक अपराध नियन्त्रण, सुरक्षाबारे जनचेतना र समस्याको पहिचानमा महत्वपूर्ण भूमिका।
२. सुरक्षा व्यवस्थापनमा सक्रियता:
भीडभाड, विपद् जोखिम, रात्री समयमा हुने चोरी/डकैती रोकथाम, पैदल गस्ती, मोबाइल गस्ती र सूचना संकलनमार्फत अपराध न्यूनीकरणमा उल्लेखनीय योगदान।
३. साइबर अपराध, महिला हिंसा, लिङ्ग–आधारित हिंसामा तदारुकता:
घटनापछि छिटो प्रहरी हस्तक्षेप, दुव्र्यवहार नियन्त्रण, पीडितमैत्री सेवा र अनुसन्धान कार्यमा सक्रियता।
४. समुदायसँग विश्वसनीय सम्बन्ध:
बिपद्का बेला उद्धार, ट्राफिक व्यवस्थापन, विद्यालय तथा समुहमा सचेतना कार्यक्रम, नागरिकका समस्या तत्काल सम्बोधन जस्ता कार्यले प्रहरी–नागरिक सम्बन्ध मजबुत बनाउन योगदान।
५. प्रहरी संगठनको छवि उकास्न मद्दत:
इमान्दारिता, अनुशासन, समयपालन र कार्यक्षमताका कारण विभागले संगठनको प्रतिष्ठा र जनविश्वास बढाउन महत्वपूर्ण मान्यता दिएको जनाएको छ।
जिल्ला प्रहरी प्रमुखले असई विजय राईको समर्पण, प्रतिबद्धता र जनसेवाप्रतिको लगाव आगामी दिनमा पनि इलामका सुरक्षा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

0 comments:
Post a Comment