रानीपोखरीको लुटिएको पेस्तोल झापा हुँदै इलाममा फेला


इलाम, १० मंसिरः  जेनजी आन्दोलनका क्रममा रानीपोखरीबाट लुटिएको दुई थान चाइनिज टाइप–५४ पेस्तोल झापा र इलाममा पुगेर फेला परेको छ। प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
झापाबाट सुरु भयो अनुसन्धान
दमक–८ का २५ वर्षीय सरोज पुरीको कोठाबाट पहिलो पेस्तोल र १५ राउण्ड गोली बरामद भयो। उनी आन्दोलनका बेला काठमाडौं पुगेका थिए।
उनको बयानपछि प्रहरीले दमक–६ का विश्व लिङ्देनलाई पनि पक्राउ गर्‍यो। विश्व नेपाली कांग्रेसका नेता तथा पूर्व संविधानसभा सदस्य विश्वदीप लिङ्देनका छोरा हुन्। उनले पेस्तोल इलामका साथीलाई बेचेको स्वीकारे।
इलामको बारीमा गाडिएको दोस्रो पेस्तोल
विश्वको बयानका आधारमा प्रहरीले चुलाचुली–४, आइतबारेका ३० वर्षीय पवन हाङसुङ्वालाई पक्राउ गर्‍यो।
उनले बारीमा गाडेर राखेको पेस्तोल उत्खनन गर्दा ५ राउण्ड गोलीसहित फेला पर्‍यो।
माटोमा गाडिएको कारण पेस्तोलमा खिया लागेको थियो।
लागूऔषध संकेत र काठमाडौंमा कारबाही
अनुसन्धानमा खटिएका प्रहरी स्रोतका अनुसार ती तीनै जना लागूऔषध प्रयोगकर्ता जस्ता देखिन्छन्।
बरामद दुवै पेस्तोल, २० राउण्ड गोली र पक्राउ परेकालाई थप कारबाहीका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment