मंसिर १०, २०८२
झापा, झापाको दमकमा लागू औषध कारोबार हुँदै आएको विशेष सुराकीका आधारमा प्रहरीले छापा मारेर खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।
अज दिउसो २ : ३० बजेको समयमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले दमक–१ रवी स्टेन छेउमा रहेको आरक्यू होटलको तेस्रो तलाको कोठा ४ नम्वर कोठामा बसेका दुई जनालाई नियन्त्रणमा लिएको हो। कोठा बुक गरी बसेका उनीहरू लागू औषध खैरो हेरोइनको कारोबार गर्दै आएको भन्ने सुचनाका आधारमा प्रहरीले छापा मारेको बताइएको छ ।
त्यस क्रममा प्रहरीले दमक–७ स्थायी ठेगाना भई हाल दमक–१ सिर्पालीचोक बस्ने २५ वर्षीय राम कुमार गौतम, र मोरङ उर्लाबारी–८ दुर्गापुरीकी ३० वर्षीया ललिता धिमाल लाइृ पक्राउ गरेको हो ।
प्रहरीले दुवैजनाको शरीर तथा कोठा खानतलासी गर्दा खैरो हेरोइन जस्तो देखिने लिसाइला पदार्थ फेला पारेको थियो। उनीहरुको साथबाट ८ ग्राम लागू औषध र नेपाली रुपैयाँ २८,००० पनि बरामद भएको प्रहरीले जनाएको छ।
लागू औषध सहित पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

.jpeg)
0 comments:
Post a Comment