मंसिर १०, २०८२
झापा, झापाको शिवसताक्षी नगरपालिका–१० माईधारका ३३ वर्षीय सरोज शर्माको योजनाबद्ध हत्या प्रकरणमा संलग्न दुई जना मामा र भान्जा पुर्पक्षका लागि जेल चलान भएका छन् ।
जिल्ला झापा अदालतले आज दुवैजनालाई पुर्पक्षका लागि जेल चलान गरेको हो ।
अदालतले थुनामा पठाएका व्यक्ति शिवसताक्षी–१० माईधारकै २७ वर्षीय सुनिल शाह (मामा) र २३ वर्षीय राहुल साह (भान्जा) रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न भनिएका एकजना भारतीय युवा भने अझै फरार छन्। प्रहरीका अनुसार ती भारतीय सरोजको हत्यामा प्रत्यक्ष संलग्न भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । तर, उनको पहिचान खुलाइसकिएको भए पनि उनी अझैं पक्राउ परेका छैनन् ।
सुन लुट्ने योजनाबाट हत्या
प्रहरीको अनुसन्धान अनुसार सरोज शर्माको हत्या कुनै आकस्मिक घटना नभई आर्थिक लोभसहितको योजनाबद्ध अपराध थियो ।
मामा–भान्जाले सरोजसँग रहेको सुन लुट्ने उद्देश्यले योजना तयार पारेका थिए। सोही योजनाअनुसार कात्तिक ९ गते उनीहरूले सरोजलाई फसाएर हत्या गरेका थिए।
हत्या गरेपछि घटनालाई बेपत्ता पार्ने तथा प्रहरीले नबुझ्ने उद्देश्यले उनीहरूले एउटा जघन्य प्रयास समेत गरेका थिए।
शव गाडियो, गाडी जलाइयो
हत्या पश्चात् अपराध लुकाउनका लागि सुनिल, राहुल र फरार भारतीय युवकले सरोज शर्माको शवलाई बिरिङ खोलाको पुलमुनि गाडेका थिए। तर त्यतिमै सीमित रहेन—प्रमाण नष्ट गर्नका लागि उनीहरूले सरोजसहितको गाडी समेत जलाएका थिए।
गाडी जलाइएको र शव फेला परेको सूचनाको आधारमा प्रहरी अनुसन्धान अघि बढ्दा घटनाको वास्तविकता खुल्दै गयो । अनुसन्धानको क्रममा सरोजको मोबाइल, लोकेशन, भेटिएका सामाग्री र प्रत्यक्ष प्रमाणको आधारमा मामा सुनिल र भान्जा राहुल हत्यामा संलग्न देखिएपछि प्रहरी नियन्त्रणमा ल्याइएको थियो।
फरार भारतीयकै कारण अनुसन्धान अपूर्ण
घटनामा संलग्न भनिएका तेस्रो व्यक्ति भारतीय नागरिक हुन । प्रहरी अनुसन्धानका लागि मुख्य कडी मानिएका थिए । उनै भारतीयको भूमिका हत्या योजना निर्माणदेखि कार्यान्वयनसम्म महत्वपूर्ण रहेको प्रहरी स्रोतहरू बताउँछन्।

0 comments:
Post a Comment