भद्रपुर नाकामा पक्राउ परेका अमेरिकी नागरिकलाई काठमाडौँ पठाइयो

रासस
२०८२ पौष १२ गते , शनिबार


भद्रपुर नाकाबाट बिना भिसा भारततर्फ जान लागेका पक्राउ परेका अमेरिकी नागरिकलाई काठमाडौँ पठाइएको छ । हिजो दिउँसो साढे १ बजे भद्रपुर नगरपालिका-५ स्थित मेची पुल पारी सीमा नाका तैनाथ सुरक्षाकर्मीले चेकजाँच गर्ने क्रममा अमेरिकन नागरिक ३६ वर्षीय मार्क एन्ड्रयु क्युटीलोस्कीलाई नियन्त्रणमा लिएको हो।
अमेरिकाबाट थाइल्यान्ड हुँदै नेपाल भ्रमणमा आएका क्युटीलोस्कीको पर्यटक भिषाको म्याद ६ नोभेम्बर २०२५ मा समाप्त भएको फेला परेको थियो। मानसिक सन्तुलनसमेत ठिक नभएको क्युटीलोस्की बिना भिसा भारत जान खोजेका थिए। उनलाई आवश्यक कारबाहीका लागि प्रहरीले अध्यागमन कार्यालय काँकडभिट्टा पठाएको थियो । 
कार्यालयले अध्यागमन विभाग, कालिकास्थान काठमाडौँसँग समन्वय गरी थप आवश्यक कारबाईको लागि पत्रसहित उनको पासपोर्ट कुरियरमार्फत विभागमा पठाएको हो । त्यस्तै ती अमेरिकी नागरिकलाई अध्यागमन कार्यालयले बुझाएपश्चात् पर्यटक प्रहरी शाखा कार्यालयले अध्यागमन विभागमा सम्पर्क राख्न पठाएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment