मादक पदार्थ सेवन गरेका वकिलद्धारा इलाम अस्पतालमा तोडफोड


इलाम — मादक पदार्थ सेवन गरेका एक जना वकिलले इलाम अस्पतालमा तोडफोड गरेको घटना सार्वजनिक भएको छ। तोडफोड गर्ने वकिल युवराज लिम्बु रहेका छन् । कर्मचारी मिलन केन्द्रको पिकनिक खाएर फर्किने क्रममा दुर्घटनामा परेपछि लिम्बुको मुखमा चोट लागेको थियो।

उपचारका लागि इलाम अस्पतालको इमरजेन्सी कक्षमा ल्याइए पनि डाक्टर उपचारका लागि आउन ढिला भएको भन्दै आक्रोशित बनेका उनले इमरजेन्सी कक्षको सिसा फोडेको इलाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रभु शाहले जानकारी दिए । घटनाका क्रममा इमरजेन्सी कक्षमा उपचाररत एक जना बच्चालाई समेत फुटेको सिसाले लागेको अस्पतालका कर्मचारी पशुपति चौधरीले जानकारी दिए।

सिसा फुट्दा इमरजेन्सी कक्षमा क्षति पुगेको र केही समय सेवा अवरुद्ध भएको अस्पताल स्रोतले जनाएको छ। घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

लोकल सन्देशबाट साभार 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment