गाेविन्द पाैडेल,
राेङ. शिक्षा सचेतक गाैरीलामाकाे स्मृतिमा स्थापित गाैरीलामा उत्कृष्ट विद्यार्थी पुरस्कार बाट यस वर्ष तीनजना छात्रा पुरस्कृत भएका छन्।
राेङ गाउँपालिका वडा नं. ६ ले हरेक वर्ष वडाभित्रका सामुदायिक विद्यालयहरूबाट उत्कृष्ट GPA प्राप्त गर्ने विद्यार्थीलाई प्रदान गर्दै आएको उक्त पुरस्कार अन्तर्गत यस वर्ष
माेतिराम माध्यमिक विद्यालयकी प्रतिक्षा गहतराज (GPA ३.५९) प्रथम,
सरस्वती माध्यमिक विद्यालयकी विन्ध्या प्रधान (GPA ३.४९) दोस्रो
र माेतिराम माध्यमिक विद्यालयकै बिमला गहतराज (GPA ३.४७) तृतीय हुन सफल भएकी छन्।
पुरस्कृत छात्राहरुलाई क्रमशः नगद २५ हजार, १५ हजार र १० हजार रुपैयाँ सहित प्रशंसापत्र प्रदान गरिएको थियो।
राेङ गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष सत्यम राई चौरासेको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा गाैरीलामाका नाति तथा शिक्षासेवी दल बहादुर मोक्तान, वडाभित्रका सबै विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
भारतमा शिक्षा हासिल गरी स्थानमा सेवा गरेका गाैरीलामाले राेङ–६ को सलकपुरमा राणा कालीन समय वि.सं. २००४ सालमा हालको माेतिराम माध्यमिक विद्यालयको स्थापना गरेका थिए।


0 comments:
Post a Comment