इलाम, ११ पुस ।
माईजोगमाई गाउँपालिकामा पहिलो पटक सोधपुछ तथा सहायता कक्ष स्थापना गरिएको छ। गाउँपालिकाले प्रवाह गर्ने सेवाबारे सेवाग्राहीलाई सहज जानकारी दिन उद्देश्यले स्थापना गरिएको उक्त कक्षको उद्घाटन गाउँपालिका अध्यक्ष कुश बहादुर थेबे, उपाध्यक्ष प्रविना राई तथा प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले संयुक्त रूपमा गर्नुभएको हो।
सहायता कक्षमार्फत गाउँपालिकाले उपलब्ध गराउने सेवा, प्रक्रिया र आवश्यक कागजातबारे सेवाग्राहीलाई सहजीकरण गरिनेछ। सहायता कक्ष स्थापना भएपछि कुन सेवा कहाँबाट र कसरी प्राप्त गर्ने भन्ने स्पष्ट जानकारी सेवाग्राहीले सहजै पाउने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ।
यस कक्षको सञ्चालनसँगै सेवा लिन आउने सेवाग्राहीलाई हुने अन्योलको अन्त्य हुनुका साथै सेवा प्रदायक र सेवाग्राहीबीच समन्वय र विश्वाससमेत मजबुत हुने अपेक्षा गरिएको छ। सहायता कक्षले सेवा प्रवाहलाई थप प्रभावकारी र नागरिकमैत्री बनाउने विश्वास गाउँपालिकाले लिएको छ।

0 comments:
Post a Comment