आगलागीबाट एक बालकको मृत्यु


१२ पुस, हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थाली गाउँमा आगलागीबाट एक बालकको मृत्यु भएको छ ।
शुक्रबार साँझ लागेको आगलागीमा परेर खार्पुनाथ गाउँपालिका–२ का २ वर्षीय रेबेन्द जेडाराको मृत्यु भएको हो ।
छेपी जेठरा र रामराज जेठराको घर आगलागी हुदाँ २ वर्षका रेबेन्द जेठाराको मृत्यु भएको खार्पुनाथ गाउँपालिका–२ का दया रावलले जानकारी दिए ।
आगलागीबाट घरमा मालसामान जलेर पुन नष्ट भएको रावलले बताए ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता विष्णु श्रेष्ठका अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment