देउनियाँ खोलामा नदीजन्य पदार्थको अवैध उत्खनन गर्ने तीन ट्याक्टर सशस्त्रको नियन्त्रणमा

२०८२ मंसीर १६ गते , मंगलबार


भद्रपुर । भद्रपुरमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने तीन वटा ट्याक्टरलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुर र बिओपी पृथ्वीनगरबाट खटिएको टोलीले भद्रपुर नगरपालिका -३ किचकबधस्थित देउनियाँ खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्न तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।
सशस्त्रले सोमबार साँझ बालुवा लोड भएको मे १ त ६०८१, मे १ त २४७५ र प्र-१-०१-००२ त ०९४६ नम्बर ट्याक्टर नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको ट्याक्टर आवश्यक कारबाहीका लागि आज भद्रपुर नगरपालिकामा बुझाउने जनाइएको छ । कोेशी प्रदेशको आर्थिक ऐन २०८२ मा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने ट्याक्टरलाई रु २५ हजार जरिवाना गर्ने कानुनी व्यवस्था छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment