पर्सा अदालतले माग्यो रवि लामिछानेसँग १ करोड धरौटी, रविकाे धराैटी पुग्याे ७ कराेड ४७ लाख


६ माघ, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ ।
अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार, उनीसँग अदालतले १ करोड धरौटी माग गरेको हो ।
सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।
उक्त मुद्दामा न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले धरौटी माग गर्ने निर्णय भएको भट्टराईले  जानकारी दिए ।
लामिछाने आजै अदालतमा तारेखका लागि पुगेका थिए । अदालतबाट लामिछाने चितवनमा उम्मेदवारी दर्ता गर्न गएका छन् ।
विभिन्न अदालतबाट रवि लामिछानेलाई ७ करोड ४७ लाख धरौटी, पर्साले माग्यो १ करोड

पर्सा जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेसँग १ करोड रुपैयाँ धरौटी माग गरेको छ। यससँगै देशका विभिन्न अदालतहरूले तोकेको धरौटी रकम जोडिँदा लामिछानेमाथि कुल ७ करोड ४७ लाख रुपैयाँ धरौटी पुगेको छ।

यसअघि रुपन्देही जिल्ला अदालतले १ करोड, कास्कीले ६५ लाख, काठमाडौँ जिल्ला अदालतले ६० लाख र चितवन जिल्ला अदालतले ५४ लाख रुपैयाँ धरौटी तोकेको थियो। यस्तै, उच्च अदालत बुटवलले २ करोड ६८ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेशसँगै थप १ करोड रुपैयाँ धरौटी तोकेको छ। अदालतका आदेशअनुसार केही धरौटी बुझाइसकिएको छ भने केही आदेश कार्यान्वयनको प्रक्रियामा छन्।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment