इलाम, १ माघ
लागुऔषध, चोरी तथा डाँका मुद्दामा फरार रहेका दुई जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरेको छ।
लागुऔषध मुद्दामा फरार रहेका सन्दकपुर गाउँपालिका–४, माबु निवासी वर्ष २४ का पेवा गुरुङलाई इलाम नगरपालिका–७ बाट मिति २०८२ पुस २८ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
त्यस्तै, चोरी तथा डाँका मुद्दामा फरार रहेका झापा भद्रपुर नगरपालिका–६ घर भई हाल इलाम नगरपालिका–७ बस्दै आएका वर्ष २१ का किस्मत तामाङ (लामा) लाई इलाम नगरपालिका–७ स्थित चोकबजार क्षेत्रबाट मिति २०८२ पुस ३० गते पक्राउ गरिएको हो।
पक्राउ परेका दुवै अभियुक्तलाई सम्मानित जिल्ला अदालत इलाममा पेश गरिएकोमा पेवा गुरुङले रु ५० हजार धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको प्रहरीले जनाएको छ। साथै किस्मत तामाङ (लामा) लाई अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार कार्यालय इलाम पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय इलामले फरार अभियुक्तहरूको खोजी तथा पक्राउ कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।

0 comments:
Post a Comment