![]() |
| सांकेतिक फाेटाे । फाेटाेः AI |
इलाम । मोटरसाइकल चोरीमा संलग्न झापा जिल्लाका संजित मण्डल र भारत बिहार राज्यका मोहम्मद समिर शेख लाई इलाम प्रहरीले पक्राउ गरेको छ । देउमाई नगरपालिका–७ निवासी दाता तामाङको नाममा दर्ता रहेको मोटरसाइकल इलाम नगरपालिका–१२ स्थित मेला क्षेत्रबाट चोरी भएको उजुरीका आधारमा खोजतलास गर्दा मोटरसाइकल फेला परेको हो ।
प्रहरीका अनुसार देउमाई नगरपालिका–४ मंगलबारेस्थित एक घर अगाडि पार्क गरी राखिएको अवस्थामा मोटरसाइकल बरामद गरिएको थियो । थप अनुसन्धानका क्रममा झापा गाउँपालिका–२ कुमरखोद निवासी २० वर्षीय संजित मण्डल र भारत बिहार राज्य अररिया निवासी २० वर्षीय मोहम्मद समिर शेखलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेकालाई इलाम जिल्ला अदालतमा उपस्थित गराई आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

0 comments:
Post a Comment