बिर्तामोडमा १२३ ग्राम ब्राउनसुगर र नगदसहित एक कारोबारी पक्राउ

झापा
२०८२ पौष २२ गते , मंगलबार


झापामा १२३ ग्राम ब्राउन सुगरसहित एक कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-१ सूर्यनगर टोलस्थित काली मन्दिर निवासी ४० वर्षीय अजय राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
राजवंशीको घर कोठामा लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडका इन्स्पेक्टर प्रवीण श्रेष्ठ र लागूऔषध ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले मंगलबार दिउँसो साढे १ बजेको समयमा चेकजाँच गर्दा राजवंशीले घरभित्र लुकाइछिपाई राखेको प्लास्टिकबाहेक १२३ ग्राम १८० मिलिग्राम ब्राउनसुगर फेला पारेको थियो ।
त्यस्तै नेपाली २ लाख ६७ हजार, भारतीय रुपैयाँ २९ हजार ५००, डिजिटल तराजु थान–१, कैँची थान–१, चक्कु थान–१, मोबाइल थान–२ समेत फेला परेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । यता पक्रा परेका राजवंशीलाई इलाका प्रहरी कार्यालय बिर्तामोड राखेर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment