झापा
२०८२ पौष २३ गते , बुधबार
दुई वर्षअघि भत्किएको झापाको अर्जुनधारास्थित बिरिङ पुल पुनर्निर्माण गर्न ३५ करोड रुपैयाँ बजेट स्वीकृत भएको छ । लामो प्रतीक्षा र अथक प्रयासपछि अर्जुनधारा नगरपालिका-७ लाई वडा नम्बर ४ र १ सँग जोड्ने शनिश्चरे –खुदुनावारी सडकको विरिङ खोलामा भत्किएको पुल पुनर्निर्माणका लागि सो बजेट स्वीकृत भएको हो । ठेक्का प्रक्रिया तत्काल अगाडि बढाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
सभामुख देवराज घिमिरे सुरुवातदेखि नै अत्यन्त चासोका साथ लागेर यो विषयलाई टुङ्गोमा पुर्याउन सफल बनेको उनका स्वकीय सचिव केशवराज ढुङ्गेलले बताएका छन् ।

0 comments:
Post a Comment